गाँजा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै संसदमा विधेयक दर्ता



पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ ।

गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार हुने सांसद तामाङले बताए । गाँजा निर्यात गरी आयआर्जन बढाउन सकिने उनको भनाइ छ । उनले गाँजाको प्रतिवन्ध फुकुवा भएमा ८० प्रतिशत युवा विदेशबाट स्वदेश फर्किने दाबीसमेत गरे ।

नेपालमा उत्पादन हुने गाँजा विश्वकै दोस्रो उत्कृष्ठ रहेको विभिन्न अध्ययनमा उल्लेख छ । त्यसो त गाँजाको पातदेखी जरासम्म आयुर्वे्दिक औषधीमा उपयोग हुने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्