कांग्रेसको केन्द्रीय विभाग प्रमुख मनोनयन



सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका छन् ।

१ श्री एन.पी. साउँद शुभेच्छुक संस्था समन्वय विभाग
२ श्री अम्बिका बस्नेत वन, वातावरण तथा विपत व्यवस्थापन विभाग
३ श्री ईश्वरी न्यौपाने महिला विभाग
४ श्री केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग
५ श्री मोहनबहादुर बस्नेत खेलकूद विभाग
६ श्री बीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग
७ श्री हरिप्रसाद नेपाल शिक्षा विभाग

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्