दाङको सैघामा पुर्व सभामुख महरालाई भव्य स्वागत तथा अभिनन्दन



दाङ । पुर्व सभामुख कृष्णबहादुर महरालाई सैघामा स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ । नेकपा सैघा वडा कमिटीले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा महरालाई सम्मान गरिएको हो । त्यस अबसरमा बोल्दै महराले आफु राष्ट्रियताको पक्षमा लड्ने वताउँनुभयो । जनताको साथ आफुलाई रहेको भन्दै अब जनता संगै रहेर काम गर्ने उल्लेख गर्नुभयो । २०५८ सालको घोराही आक्रमणको सम्झना गर्दै महराले घोराही ब्यारेक आक्रमण गर्दा सैघा,स्युजाका जनताले साथ दिएर नेपालमा परिर्वतन आएको उल्लेख गर्नुभयो । जनताको अटुट माया मैले पाएको छु उहाँले भन्नुभयो ।

जनयुद्धका बेला आफूले सैघामा बसेर जनमुक्ती सेनालाई तालिम दिएको वताउँदै महराले संघीय गणतन्त्र स्थापनाका लागि यहाँका जनताको उल्लेखनीय योगदान रहेको पनि बताउनु भयो । तत्कालीन समयमा हामीलाई जोगाउन यहाँहरुले जति भूमिका खेल्नुभयो त्यसैको परिवर्तन स्वरुप आज देशमा नयाँ व्यवस्था आयो भन्नुभयो ।गत सोमबार दाङआई पुग्नु भएका महरा जिल्लाका विभिन्न स्थानका मतदाता सँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । महरालाई सैघाको लाखुरी बजारमा बाजागाजासहित आएका सयौ मतदाताहरुले भव्य स्वागत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्