अर्थमन्त्री खतिवडा : आज राजीनामा, भोलि फेरि सपथ



अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् । खतिवडाको राजीनामापत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ ।

उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए । आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन् । ‘आज त सपथ हुँदैन, भोलि दिउँसोमात्र उहाँको सपथ हुने सम्भावना छ,’ राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल आज सकिएको छ । संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन् । सोही व्यवस्थाअनुसार खतिवडा मन्त्री हुन लागेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्