जताततै भ्रष्टाचार भयो,साझा पार्टी युवा नेता मल्ल




उत्तम कुमार थापा/बझाङ
देश सँघिय संरचनामा त गयो तर भ्रष्टाचारले डाडै नाग्यो जस्तो महसुस भैईरहेको छ । यतिबेला नेपालमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकार चलिरहदा चारैतिर भ्रष्टाचार मौलाएको साझा पार्टी बझाङका युवा नेता अशोक मल्लको भनाइ छ ।

उनले थाहा अनलाइनसँग कुरा गर्दै,देशमा वास्तविक कम्युनिस्टले कम्युनिस्टको जस्तो शासन व्यावहार नदेखाएर केन्द्र देखि स्थानीय तह सम्म सरकार चलिरदा घुसखोर, बलत्कार, कमिसन खोरको बिगबिगी रहेको दावी गरे । मल्लले भने,अहिले देशमा करिव ३ वटा पार्टी बिच साझा पार्टीले बैकल्पिक पार्टीको रुपमा अगाडि बढ्दै गरेको बेला सबै जनसमुदायले आफ्नो पार्टीलाई सहयोग गर्दै गएको अबको राजनीति दृष्टिकोण साझाले हातपार्ने बताए ।

युवा नेता मल्लले भने,आफ्नो साँझा पाटी अगाडि बढ्दै आएको बताउदै,पार्टीमा बौद्विक व्यक्तिहरु रहेको हुँदा, पार्टिमा पुर्व पत्रकार रवीन्द्र मिश्र,गोपि हमाल जस्ता व्यक्तिले पार्टीमा नेतृत्व कायम गरेको बेला पार्टीले फट्को मार्दै आएको भन्दै पार्टीले भरखरै लुम्बिनीमा सम्पन्न भएको साझा राष्ट्रिय भेलाले,निकै राम्रो निर्णय गरेको भन्दै धर्म निरपेक्ष सम्वन्धि छलफलभएको थियो । भने देशमा देखापरेको बढ्दो भ्रष्टाचारको बारेमा पार्टीले निकै लागिपर्ने खवदारी गर्दै आएको बताए ।

पार्टीले लुम्बिनीमा सम्पन्न भेलामा सरकारी संगठन नवनाउने विद्यालयमा कुनै पनि कार्यक्रम नगर्ने,विशुद्ध राजनैतिक अगाडि बढाउने र ठुला राजनीति नेताका सम्पत्ति छानवीन गर्ने विदेशमा रहेका नेपालीले मताधिकार पाउने जस्ता निर्णय आफ्नो पार्टीले पारित गरेको उनको भनाइ छ ।

अहिले सरकार माफिया दलालहरुले चलाएको भन्दै अहिले स्थानीय तहले पनि,भ्रष्टाचार गर्दै आएको दावि गर्दै, अब जनताले बुझ्न आग्रह गर्दै,आफ्नो पार्टीले यसबारे चर्को आलोचना गर्दै आएको भन्दै चरम भ्रष्टाचार भएको नेता मल्लले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्