प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै नुवाकोटमा शान्ति पुजा




प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै नुवाकोटमा शान्ति पुजा लगाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ ।

ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् । त्यसै अनुरुप प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियु नुवाकोट आर्दश बहुमुखि क्याम्पस कमिटिको आयोजनामा पुजा लगाईएको हो ।

विदुर नगरपालिका वडा नं ५ देविघाट स्थीत जालपा देवि मन्दिरमा लगाईएको शान्ति पुजामा प्रधानमन्त्री ओलीका समर्थक तथा शुभचिन्तक लगाएत विद्यार्थी, नेता,कार्यकर्ता, जनप्रतिनिधि लगाएको उपस्थीति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्