राष्ट्रिय सभामा नवनिर्वाचित १८ सांसदले लिए शपथ



काठमाडौँ । गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सथपथ्रहण लिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मंगलबार राष्ट्रपतिबाट मनोनित १ सहित १९ जनाको कार्यकाल सकिएको थियो । रिक्त पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो । यद्यपी राष्ट्रपतिबाट मनोनित हुने सदस्यको भने टुगो लागेको छैन् । सत्तारुढ दल नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपनि सिफरिस भने भएको छैन् ।

सपथ लिने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भूसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, तुलसाकुमारी दाहाल, राधेश्याम पाश्वान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् । यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ लिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्