देशभरको आजको मौसम यस्तो छ हेर्नुहोस्



काठमाडौँ । देशभरका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहेन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन्।

पश्चिमी तथा पूर्वी पहाडी क्षेत्रमा अहिले आंशिक बदली रहे पनि बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

पहाडी भू(भागमा अपराहन्नपछि आंशिक बदली भई एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अरु क्षेत्रको मौसम भने दिनभर सामान्यतया सफा रहने जनाइएको छ । राति पनि देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्