मुस्लिमहरुले आज सब्बे बरात पर्व मनाउदै

घरमै पर्व मनाउन मुस्लीम आयोगको आग्रह


 

कपिलवस्तु, २७ चैत्र 

इस्लाम धर्मावलम्बीहरुले आज देशभर एक साथ आफनो सब्बेबरात पर्व मनाइरहेका छन
। मुस्लिम समुदायले यस पर्वलाई आफनो समुदायको पर्वहरुको मुख्यद्वार पनि
मान्दै आएका छन् ।

सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्वहरु निरन्तर रुपमा एकपछि अर्को पर्व
आउने भएकाले, यो पर्वलाई पर्वहरुको प्रवेश द्वार मानिएको हो । यस
सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिहरुले दुइ दिन रोजा (ब्रत) बस्ने
गर्दछन् । मृत्यु भइसकेका पुर्खाहरुको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष
यो पर्व मनाउने गरेको मौलान रमजान मन्सुरीले बताउनु भयो ।

गत वर्ष गरेको कामको लेखाजोखा र आउने बर्षको लागी योजना तय गर्ने
गरिन्छ । यस पर्बमा अल्लाहको इबादत नमाज( प्रथाना) मुस्लिम ग्रन्थ कुरआन बाचन,
कब्रिस्तान (चिहान) मा प्रथाना र गरिब दुखीलाई दान दिने चलन रहि आएको
मुस्लिम आगुवा निसार खानले जानकारी दिनु भयो ।

राष्ट्रिय मुस्लिम आयोग नेपालले यस पर्वलाई सभ्य तवरले मनाउना मुस्लिम
समुदायलाई आग्रह गरेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले एक
विज्ञप्ति जारी गर्दै लकडाउनको पालन गर्दै तडक भडक नगर्न अनुरोध गर्नु भएको छ
। कोरोना सक्रमणबाट बच्नका लागी मस्जिद र , कब्रिस्तान (चिहान) मा नजान
अनुरोध गर्दै घरमै नामज(प्रथाना) गर्न अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्