युनेस्को क्लब बाँकेद्वारा नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा खाद्यान्न लगायतको राहात सहयोग



 

 २७ चैत, बाँके । बाँकेको बिकट नरैनापुर गाउँपालिकाका क्वारेन्टाइनमा रहेकाहरुको सहज स्वास्थ्य परिक्षण, खान बस्न लगायतमा अनेकन समस्या देखीएको कुरा सार्वजनिक भएपछि सो क्वारेन्टाइनका लागि सहयोग जुट्न थालेको छ । सहयोगको अपिल गरिएकै दिन बुधवार केहीले सहयोग गर्ने घोषणा गरेका थिए भने बाँके युनेस्को क्लबले विहिबार नरैनापुर क्वारेन्टाइनका लागि खाद्यान्न लगायतको राहात सामाग्री र मास्क पठाएको छ । नरैनापुरका २ वटा क्वारेन्टाइनमा हाल एक सय ७० जना रहेको जानकारी आएपछि उनिहरुका लागि सहज होस भने खाद्यान्न लगायत मास्क पठाईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो । उहाँले विहीबार नरैनापुर क्वारेन्टाइनका लागि १५ किलोका ४० बोरा चामल, ३० किलो दालका ३ बोरा र २०० थान मास्क क्लबले नेपालगन्जबाट पठाएको जानकारी गराउनु भयो । बाँके युनेस्को कलबले गरेको सहयोगको हार्दिक स्वागत गर्दै नरैनापुर गाउँपालिकाले क्लबलाई धन्यवाद दिएको छ । सो गाउँपालिकाका प्रमुख ईश्तियाक अहमद शाहले बाँके युनेस्को क्लबले नरैनापुरका लागि धेरै पहिलेदेखि विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको बताउनु भयो । यसैविच नरैनापुर, ४ जयरामपुर बस्ने महेन्द्र माबि मटेहिया बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनैना मिश्राले २० जना बिपन्न परिवारलाई आफुले ब्यक्तिगत सहयोग गर्न घोषणा गर्नु भएको थियो ।

सोही प्रकारले नेराप्राबि जमुनहाका प्रधानाध्यापक सज्जाक खाँ, महेन्द्र माबि मटेहियाका लेखापाल शिव चरण यादव तथा गाउँपालिकाका लेखापाल प्रकाश अधिकारी समेत गरि ४ जनाले ब्यक्तिगत तरीकाले २०।२० जनालाई खाद्यान्न सामग्री सहयोग गर्ने घोषणा गर्नु भएको थियो । भारतबाट नेपाल भित्रीएका र सम्भावित कोरोना संक्रमितकोे पहिचान र स्वास्थ्य उपचारका लागि नरैनापुर गाउँपालिकाले वडा न ४ खोदवा र वडा न ६ भोजपुरमा अस्थायी क्वारेन्टाईन स्थापना गरेको छ।

क्वारेन्टाइनमा आवश्यक स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री, पीपीई, मास्क, सेनेटाइजर र राहत सामाग्री लगायतको समस्या रहेको छ । स्थानीय तहबीचको आवागमन समेत रोकीएपछि नेपालगञ्जबाट उपलव्ध हुँदै आएको सामाग्रीको झन समस्या देखीदै गएको छ । स्वास्थ्य सामाग्री र राहतको समस्या त छदैथियो, गाउँमा नयाँ मान्छेहरु पनि आउन थालेको गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले बताउनु भयो । कोरानो विरुद्ध थालीएको प्रयास बारे सम्वाद समूह बाँकेका तर्फबाट चासो राखीएपछि अध्यक्ष शाहले अनेकन समस्याहरु सार्वजनिक गर्नु भएको थियो । सो क्षेत्रमा मास्क, हेण्डवाश र साबुन समेतको अभाव बढदै गएपछि सो को ब्यवस्था गरिदिन पनि उहाँले अपील गर्नु भएको थियो । मच्छर बढेसँगै क्वारेन्टाइनमा झुलको समेत आवश्यक्ता छ तर पैंसा छैन –उहाँले सबैमा सहयोगको अपील गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्