कपिलवस्तुको विजयनगरको एक जना व्यक्ति बुटवल प्रादेशिक अस्पतालमा



चैत्र २८ –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक जना व्यक्ति ४ दिन देखि ज्वरो आउने, रुघाखोकी लाग्ने भएकोले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको वडा नं. ७ छो–अमौली परसोहियामा बस्ने २१ वर्षका लोनिया थर भएका व्यक्ति हुन् । उनी कामको सिलसिलमा भारतको महाराष्ट्रमा गएका थिए । कोरोनाको महामारी फैलिएपछि उनी घर फर्केका थिए । उनी घर आएको २०÷२१ दिन बिति सकेपछि सम्पर्कमा आउँदा ४ दिन अगाडीदेखि प्राइभेट मडिकलबाट औषधी गराई राखेको अवस्थामा स्थानीयले थाहा पाएपछि जानकारी दिए लगत्तै क्वारेन्टाइनमा ल्याइएको थियो ।

हिजै राती गणेशपुरको क्वारेन्टाइनमा चेक जाँच गराउँदा ज्वरो आउने, रुघाखोकी लागेको लक्षण देखिएकोल अधिकारीले बताउनुभयो । उनलाई इमेरजेन्सी वार्ड राखी उपचार भईरहको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ । उनीसँग सम्पर्कमा रहेका ७ जना व्यक्ति लाई गणेशपुरको क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्