पत्रकाहरुको प्रोत्साहनको लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाजको माग



हृदयराम गुप्ता,मर्चवार/२८ चैत्र
लकडाउनमा पनि अरहोत्र खटिएका पत्रकाहरुको सुरक्षा तथा मनोबालको लागि विशेष प्याकेज ल्याउन मधेशी पत्रकार समाज प्रदेश नं. ५ले सरकार संग माग गरेको छ ।

विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसलाइ नियन्त्रणको लागि लगाइएको उक्त लडकउनमा आफ्ना घरपरिवार छोडेर समाजमा सुचना प्रवाह गर्न निस्वार्थ खटिएको पत्रकारहरुको लागि मधेशी पत्रकार समाज प्रदेश ५ले माग गरेको हो । प्रदेश ५ का संयोजक रामविकास चौधरीले अहिले संकटको समयमा खटिएका सबैको बारेमा विशेष योजना ल्याएको सरकारले पत्रकारहरुको बारेमा सोच्नुपर्ने बताए ।

समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार र संघीय सरकारले यस महामारीको बेला कार्यरत स्वास्थ्यकर्मी, सेना र प्रहरी लगायत कार्यक्षेत्रमा खटी काम गर्नेलाई बिमा र प्रोत्साहन स्वरुप थप रकम दिने लगायतका बिभिन्न प्याकेजको ब्यवस्था गरेको जनाकारी गराएको छ । तर आर्थिक रुपमा दयनीय अवस्था रहेपनि सबै नागरिक घरमा बसीरहेको अवस्थामा आफ्नो जीव ज्यानको परवाह नगरि आम नागरिक लगायतलाई पल पलको सूचना तथा संदेश प्रवाह गर्ने पत्रकारका लागि कुनै पनि तहका सरकारले नत अत्यावश्यक बचाउ सामाग्री (मास्क,सेनेटाइजर आदि) उपलब्ध गराएको छ, नत कुनै बिमा वा राहत प्याकेज समेतको कुनै ब्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोखिम मोलेर कार्यक्षेत्रमा खटदै आएका सूचनाका संबाहक पत्रकारहरुको हकहित तथा कार्यप्रतिको मनोबल बढाउन विशेष राहत प्याकेज तथा बीमाको ब्यवस्था गर्न संघीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित स्थानीय सरकार लगायत सबै सरोकारवाला निकाय सँग मधेशी पत्रकार समाज नेपाल ५ नं. प्रदेशले माग गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्