पुनर्वास नगरपालिकाको विपद् प्रकोप व्यवस्थान कोषमा कञ्चन डेभलपमेन्ट बैंकद्धारा आर्थिक सहयोग



देब राज गिरी । कंचनपुर
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को रोकथामका लागि पुनर्वास नगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी हातहरु बढ्दै गएका छन् ।
नगरपालिकाको विपद् प्रकोप व्यवस्थान कोषमा विभिन्न संघ -संस्था तथा सामाजिक व्यक्तित्वहरुले नगद तथा जिन्सी सहयोग प्रदान गर्ने कार्यले तीव्रता लिएको छ ।

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले यस कठिन परिस्थितिको सामना गर्न सकियोस् भन्ने उद्देश्यले पैतिस हजारको चेक हस्तान्तरण गरेको छ । उक्त चेक पुनर्वास बैंक शाखाका प्रमुख रबि चन्दले हस्तान्तरण गर्नुभएको हो । विश्वब्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड – १९) को महामारीका कारणले खाद्यान्न संकट तथा असहज परिस्थितिको यस दु:खद माहोलमा सामाजिक हितलाई मध्य नजर गर्दै सहयोगार्थ कञ्चन डेभलपमेन्ट बैंकले उक्त चेक हस्तान्तरण गरि सहयोग प्रदान गरेको शाखा प्रमुख रबि चन्दले जानकारी दिनुभएको छ ।

यसैगरी पुनर्वास उद्योग बाणिज्य संघका तर्फबाट नगद रु. पैंतालीस हजार र जनजागृती सामुदायिक बन उपभोक्त समितीका तर्फबाट नगद रु. पचास हजार प्रभु बैंकमा संचालित व्यवस्थापन कोषको खाता जम्मा गरी उक्त रसिद संयुक्त रूपमा नगर प्रमुख जीवन राज थापालाई संघका अध्यक्ष कृष्ण बहादुर तामाङले हस्तान्तरण गर्नुभएको छ ।

त्यसै गरि राहत कोषमा यसभन्दा अघि प्रभु बैंक लिमिटेडले ५० हजार बराबरको खाद्यान्न समाग्री बितरण गरि सकेको छ । भने पुनर्वास ईसाई समाजका कोषाध्यक्ष कर्णजीत तामाङ्गले ५४ हजार ३०५ रुपैया हस्तान्तरण गर्नुभएको थियो । सिद्धार्थ पब्लिक स्कुल पुनर्वास ६ का प्रीन्सिपल संजय थापाबाट पच्चीस हजार सहयोग प्राप्त भएको छ । त्यसैगरी व्यवसायी दाउत तामाङबाट पच्चीस हजार बराबरको चामल प्राप्त भएको छ । पुनर्वास – ५, निवासी पुनर्वास नगर खेलकुद विकास समितिका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्वास नगर कमिटी सदस्य खडक विक्रम थापाले रु.पच्चीस हजार सहयोग प्रदान गर्नुभएको छ । यसैगरी पुनर्वास नगर प्रवक्ता भारमल सुनारले नगद रु. एघार हजार सहयोग स्वरूप रकम उक्त व्यवस्थापन कोषको खातामा जम्मा गर्नुभएको छ ।

हाल सम्म नगद रु. तीन लाख पच्पन्न हजार भन्दा माथी राहत व्यवस्थापन कोषमा सहयोग प्राप्त भाइसकेको र अन्य सहयोगी मनहरु यस कठिन परिस्थितिको सामना गर्न सहयोगार्थ हातेमालो गर्न तत्पर रहेका छन भन्ने बारे नगर प्रमुख जीवन राज थापाले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्