कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट २ जना गम्भीर घा-इते




राम प्रघट कोरी/चैत्र २८ –विजयनगर
कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दूई जना व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने ५५ वर्ष बर्मान रोका र ५० वर्षका दिलेराम थारुलाई बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो ।

अपरह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको बताउनुभयो । दूबै जनाको अवस्था गम्भीर भएकोले बुटवलमा उपचारका लागि पठाइएको नेपाले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्