कोरोना संक्रमित साउदी अरबका राजकुमार ‘आइसीयु’मा भर्ना



काठमाण्डौँ, चैत्र २९
कोरोनाभाइरसको संक्रमण भएपछि साउदी अरबका राजकुमार बिन अब्दुल अजिज अललाई ‘आइसीयु’मा भर्ना गरिएको छ । यसैगरी, साउदी अरबका ८४ वर्षीय राजा सलमान जेद्दालाई पनि ‘आइसोलेसन वार्ड’मा राखिएको छ ।

राजकुमार बिन अब्दुल अजिज अलसँगै राजधानी रियादका गभर्नरलाई पनि आइसीयुको आइसोलेसन वार्डमा राखिएको छ ।साउदीका राजा र राजकुमार कोरोना संक्रमित भएपछि शाही परिवारलाई ‘क्वारेन्टाइन’मा राख्न एक अस्पतालमा ५०० ओटा बेड तयार पारिएको छ ।

सो अस्पतालमा तयार पारिएको क्वारेन्टाइन र आइसोलेसनकक्षमा अन्य कुनैपनि कोरोना संक्रमितलाई नराख्न र उनीहरुलाई अन्यत्र सार्न सरकारले त्यहाँका चिकित्सकहरुलाई निर्देशन दिइसकेको छ । शाही सदस्यहरु युरोप भ्रमणबाट फर्केपछि देशमा कोरोना संक्रमण फैलिएको बताइएको छ । यसअघि, स्वास्थ्यमन्त्री तौफिक जल रबियाले साउदीमा कम्तीमा दुई लाख व्यक्ति कोरोना संक्रमित हुन सक्ने अनुमान गरेका थिए । (एजेन्सी)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्