‘लकडाउन’को मौका छोपेर धरानमा बन फडानी, २५ जना प-क्राउ



काठमाण्डौँ, चैत्र २९
धरानमा : लकडाउनुको मौका छोपेर बन फडानी गर्ने २५ जना पक्राउ परेका छन्। शनिवार धरान अवस्थित विपी पार्क र बिस्नुपदुकाबीच पर्ने एक जङ्गलमा रुख तथा दाउरा काटिरहेको अवस्थामा २५ जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो।

केही दिन देखि बन फडानी बढ्दै गएको जनगुनासो आएको थियो। सोही गुनासोको आधारमा बन फडानी गरिरहेको अवस्थामा उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेको सशस्त्र प्रहरी बल धरानका डीएसपी राजेन्द्र कुमार श्रेष्ठले बताए। पक्राउ परेका व्यक्तीहरुलाई घरेलु हत हतियार तथा काटिएका रुखसहित धरान उपमहानगरपालिकाको जिम्मा लगाइएको उनले बताए।

प्रहरी प्रशासनको ध्यान लकडाउनमा केन्द्रित भएको मौकामा धरानमा जङ्गल फडानीले तीव्रता पाइरहेको छ। धरान(१३ फुस्रे, ओशो पार्क हुँदै वडा नं २०, १३ र ४ वडाको जङ्गलमा समेत दाउरा काट्न जानेहरूको घुइँचो लाग्ने गरेको सूचनाका आधारमा आज सशस्त्र प्रहरीले जङ्गलमा अप्रेसन चलाएको थियो।

अप्रेसनका क्रममा २५ जनालाई नियन्त्रणमा लिइएपनि केही व्यक्ति फरार रहेको उनले बताए। डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार ३० भारी दाउरा र बन्चरो, दाउ, खुर्पा, खुकुरीलगायत थुप्रै घरेलु हतियारहरू पनि बरामद गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्