भोक टार्न गढवा ६ ले गर्यो खाद्यान्न बितरण



टेकबहादुर पुन, दाङ्ग । गढवा गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयले अाफ्नो वडाका अति बिपन्न तथा मजदुर हरुलाई खाद्यान्न बितरण गरेको छ ।

वडा अन्तर्गतका ४ सय १४ घर परिवारलाई खाद्यान्न (चामल, नुन, तेल) बितरण गरिएको वडाध्यक्ष बालचन्द्र हमाल ठकुरीले जानकारी दिए । दैनिक मजदुरी गरेर साँझ बिहानको छाक टार्ने अति बिपन्न तथा मजदुर हरुको भोक टार्न वडा कार्यालको बिपद ब्यबस्थापन शिर्षकको बजेट बाट खाद्यान्न बितरण गरिएको हो ।

काम नै गर्न नपाएर भोक भोकै बस्नुपर्ने बाध्यता श्रृजित हुन थालेपछी सहयोग गर्ने उद्देश्यले वडा कार्यालयले १ सय ३ क्विन्टल ५० किलो चामल बितरण गरेको हो । त्यस्तै ८ सय २८ किलो दाल, ४ सय १४ किलो नुन र ८ सय २८ लिटर तेल वितरण गरेको…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्