रसुवामा गाई चोरी गरी काटेको आरोपमा ५ जना प-क्राउ



काठमाण्डौँ, वैशाख ५
रसुवाको कालिका गाउँपालिका –२ की नन्दकुमारी ढकालले पालेको दुहुनो गाई गएराती चोरी गरेर नजिकैको उत्तरगया गाउँपालिका –५ को निगलिनीपाखा सामुदायिक वनमा काटेको आरोपमा एक महिला सहित ५ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुहुनो गाइ चोरेर काटेको आरोपमा उत्तरगया गाउँपालिका –४ का ३० वर्षीय, रामहरि तामाङ, १६ वर्षीय भुवन गलान, २० वर्षीय सन्तबहादुर थिङ, ३५ वर्षीया बाटुली थिङ र २० दिपेन्द्र थिङलाई घरबाट पक्राउ गरिएको कालिकास्थान प्रहरी चौकीले जनाएको छ ।

बुधबार राति दुहुनो चोरेर नजिकै जंगलमा लडाएर काटेको र मासु भाग लगाएर बाँडेका थिए । घटनाको खबर पाउनासाथ बेत्रावती र कालिकास्थानबाट नेपाल प्रहरी, शसस्त्र प्रहरी समेत परिचालन भई आरोपितलाई पक्राउ गरिएको र घटनाका आरोपित सोरबहादुर तामाङ , दिनेश तामाङ भने फरार रहेको कालिकास्थान प्रहरी चौकी इन्चार्ज लक्ष्मण गौतमले बताए ।

राष्टिर्य जनावर गाइ काटेकाे घटनामा बाबु छाेरा सोरबहादुर र दिनेश तामाङ फरार भने पक्राउ परेका दिपेन्द्र पनि साेरबहादुरका कान्छा छाेरा हुन् । जंगलमा गाइ हत्या गरिएको स्थानमा रगत बालुवाले छोपेका र सिङ, कान, आन्द्रा, पुच्छर पुरेको भेटिएको थियो । काटेको उनीहरुलाई जिल्ला प्रहरी पठाइएको छ । २ महिना अघिदेखि गर्भिणी समेत रहेको गाई बुधबार बेलुका ४ माना दुध दिएको थियो बिहान गोठमा बच्छोमात्र कराइरहेको अवस्थामा भेटिएपछि खोजी कार्य गरेको ढकालले बताए ।

गाई चोरेर एकान्त जंगलमा लगेर काटेर मासु लगेको प्रहरीले जनाएकाे छ । उनीहरूलाई मासु सहित पक्राउ गरिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । कालिका गाउँपालिका –२ की नन्दकुमारी ढकालले पालेको दुहुनो गाई गएराती चोरी गरेर नजिकैको उत्तरगया गाउँपालिका –५ को निगलिनीपाखा सामुदायिक वनमा काटेको आरोपमा एक महिला सहित ५ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुहुनो गाइ चोरेर काटेको आरोपमा उत्तरगया गाउँपालिका –४ का ३० वर्षीय, रामहरि तामाङ, १६ वर्षीय भुवन गलान, २० वर्षीय सन्तबहादुर थिङ, ३५ वर्षीया बाटुली थिङ र २० दिपेन्द्र थिङलाई घरबाट पक्राउ गरिएको कालिकास्थान प्रहरी चौकीले जनाएको छ । बुधबार राति दुहुनो चोरेर नजिकै जंगलमा लडाएर काटेको र मासु भाग लगाएर बाँडेका थिए । घटनाको खबर पाउनासाथ बेत्रावती र कालिकास्थानबाट नेपाल प्रहरी, शसस्त्र प्रहरी समेत परिचालन भई आरोपितलाई पक्राउ गरिएको र घटनाका आरोपित सोरबहादुर तामाङ , दिनेश तामाङ भने फरार रहेको कालिकास्थान प्रहरी चौकी इन्चार्ज लक्ष्मण गौतमले बताए ।

राष्टिर्य जनावर गाइ काटेकाे घटनामा बाबु छाेरा सोरबहादुर र दिनेश तामाङ फरार भने पक्राउ परेका दिपेन्द्र पनि साेरबहादुरका कान्छा छाेरा हुन् । जंगलमा गाइ हत्या गरिएको स्थानमा रगत बालुवाले छोपेका र सिङ, कान, आन्द्रा, पुच्छर पुरेको भेटिएको थियो । काटेको उनीहरुलाई जिल्ला प्रहरी पठाइएको छ । २ महिना अघिदेखि गर्भिणी समेत रहेको गाई बुधबार बेलुका ४ माना दुध दिएको थियो बिहान गोठमा बच्छोमात्र कराइरहेको अवस्थामा भेटिएपछि खोजी कार्य गरेको ढकालले बताए ।

गाई चोरेर एकान्त जंगलमा लगेर काटेर मासु लगेको प्रहरीले जनाएकाे छ । उनीहरूलाई मासु सहित पक्राउ गरिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्