खाद्यान्न बोक्ने मिनि ट्रक ककनीमा दु-र्घटना




नुवाकोट, वैशाख ५
नुवाकोटको ककनी गाउँपालिका वडा नं ३ ढुङगाना गाउँमा खाद्यान्न बोक्ने मिनि ट्रक ककनीमा दुर्घटना भएको छ । शुक्रबार विहान दुर्घटना हुँदा मिनि ट्रक सडकबाट २० मिटर तल खसेको हो ।

ग्यासको खालि सिलिन्डर लिन ढुङगाना गाउँ हुँदै सुवेटारबाट काठमाण्डौ तर्फ जादैँ गरेको बा ३ क ३७१८ नम्बरको मिनि ट्रकमा चालक गोकर्ण ढुङगाना सहित अन्य दुई जना सवार रहेकोमा कुनै पनि मानविय क्षति नभएको बताईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्