सात किलो सुर्ती सहित नवलपरासीमा तेली पक्राउ



रबिन्द्र यादव / नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले भारतीय नम्बर प्लेट यु पी ५६ जे ८८७९ को मोटरसाइकलमा सुर्ती ल्याउदै गरेको अवस्थामा ३२ बर्षिय मन्टु गुप्ता (तेली) लाई समातेर प्रहरीलाई बुझाएका छन । शुक्रबार पक्राउ परेका उनि संग ७ किलो सुर्ती बरामद भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । सरावल गाउँपालिका – ७ भुजहवाका ठेगाना बताउने तेलीले लकडाउनको मौका छोपी भारत बाट ल्याएको सुर्ती नेपालतर्फ बिक्री वितरणका लागी ल्याएको जिल्ला प्रहरी नवलपरासीका सुचना अधिकारी बिरेन्द्र थापाले बताए । अहिले उनिलाई नियन्त्रणमा लिइ थप अनुसंधान भइरहेको थापाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्