५ लाख ६० हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ७ जना प-क्राउ



बर्दिया, ५ वैशाख
बासगढी नगरपालिका(५ स्थित अतिथि होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ५ लाख ६० हजार ९० रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बासगढी नगरपालिका(५ बस्ने ५७ वर्षीय सुरेश रेग्मी, ५५ वर्षीय सोधे बिष्ट, ४८ वर्षीय नर बहादुर वली, बढैयाताल गाउँपालिका(७ बस्ने ५१ वर्षीय श्रीकृष्ण गिरी, बाँके कोहलपुर नगरपालिका(१० घर भएका ३८ वर्षीय पुरन गिरी, कोहलपुर नगरपालिका(५ बस्ने ४० वर्षीय श्याम कुँवर र कोहलपुर नगरपालिका(११ बस्ने २८ वर्षीय शिसिर गिरी रहेका छन् ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्