सिरहाको कल्याणपुर नगरपालिकामा लामखुटे मार्ने औषधी छर्दै




महेश सिंह/सिरहा ५ बैशाख
सिरहाको कल्याणपुर नगरपालिकामा लामखुटे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मी याम बढे संगै झिगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदिको नजिकै पर्ने गाउँहरुमा लामखुटे, झिंगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखीएको छ।

गाउँको नजिकै कमला नदि रहेकोले राती सर्प, झिंगा ,लामखुटे लगाएत अनेकौं प्रजातिका किराहरु भेट्ने गरेको स्थानीयहरुको भनाई छ। साझ पर्ने बित्तिकै उक्त किसिमको किराहरुको जोखिमको मुखा बस्दै आएको छु पीडितहरुको भनाई छ । कल्याणपुर नगरपालिका भित्र रहेका ५ र ६ नम्बर वडा अति चपेटाको मारमा परेको बताईएको छ। यो वडा भित्र पर्ने गाउँहरु चिकना, भोकराहा , निर्दाना ,बिश्न्पुरपरारा लगाएत गाउँ अति जोखिममा रहेका छन् । उक्त गाउँहरुको चारैतिरबाट नदिले नै घेरिएको देखिन्छ ।

गाउँको पश्चिम्मा कमला नदि , पुर्व बतहा नदि ,दक्षिणमा भेडवा खोला र उतरमा कमला र भेडवा खोलाको चपेटामा छन् । वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र यादवले ब्यक्तीगत आर्थिक सहयोगमा उक्त जोखिमलाई उन्मुलन गर्न करीब २ दुई हजार प्याकेट रिभिबल नाम गरेको औषधी छरेको यस्तोको प्रतिक्रिया राम्रो रहेको दिपेन्द्र यादवले बताए । वडा नम्बर ५ मा आठ सय पचास घरधुरी र वडा नम्बर ६ को ३ सय पचास घरघुरीमा छर्ने काम गरेको छ ।

स्थानीय समाजवादी पार्टीका युवा नेता तथा गाउँपालिकाको वडा प्रत्यासीको बिशेष पहलमा औषधी छर्ने काम भएको छ। गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् । कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मंडलको नगरपालिकाबाट आर्थिक सहयोग नरहेको कुशेश्वर साहले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्