कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३२ पुग्यो



चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या थुप्रै सातासम्म ३,३०० को वरपर रहेकोमा आज त्यो ह्वात्तै बढेर ४,६३२ पुगेको छ। यस महामारी सुरु भएको वुहान सहरमा झण्डै ५० प्रतिशतले मृत्यु हुनेको सङ्ख्या बढेको पाइएको हो।

अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १,२९० मृत्युका घटना पुष्टि गरिएको हो। नयाँ तथ्याङ्क सार्वजनिक गर्दै वुहान शहरका अधिकारीहरूले यथार्थ विवरणलाई कतै नलुकाइएको बताएका छन्।

सरकारी पत्रिका चाइना डेलीले वुहान नगरको मुख्यालयलाई उद्धृत गर्दै प्रारम्भिक विवरणमा केही गल्ती भएको र नयाँ तथ्याङ्क सार्वजनिक गर्न ढिलो भएको बताइएको छ। वुहानका एक करोड १० लाख बासिन्दाहरूले हालै मात्र खुकुलो गरिएको कठोर लकडाउनमा ११ साता बिताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्