आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौ । आज देशका विभिन्न भुभागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई न्युन चापीय प्रणालीको रुपमा रहेको र नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारेको छ ।

महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू९भाग लगायत मध्य तथा पूर्वी भूभागहरुमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आज राति देशैभरि सामान्य बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्