देशभरको मौसम बदली, सतर्कता अपनाउन आग्रह



काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको छ।

अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव भएकाले देशभरको मौसम बदली भएको हो ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्