विप्लव नेकपाले कालिकोट लगायत देशभर एमसिसी सम्झौता पत्र जलायो

देशभर एमसिसी सम्झौता पत्र जले


काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्धकाे संघर्ष कार्यक्रमअन्तर्गत देशव्यापी एमसीसी सम्झौता पत्र जलाएका छन् ।

ने क पा कालिकोटले राष्टघाती एमसिसि सम्झौता जलाएको छ । सिङ्गो देशको बिरोधका बाबजुत सेर ब देउवा र केपी अोलीको दवावमा सदनबाट पास गराउने षडेन्त्रका बिरुद्द नेकपा कालिकोट ले राष्टघाती यमसिसि समझौता जलाएको जिल्ला सेक्रेटरी रणदिपले बताउनु भएको छ । जिल्लाका प्रत्यक एरियाहरुमा उक्त सम्झौता जलाउने कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय संघर्षका कार्यक्रम अनुसार सम्झौता जलाईएको छ । यस्तै बाकी संघर्षका कार्यक्रम लाई निरन्तरता दिने नेकपा कालिकोट ले जनाएको छ ।यस्तै जाजरकोट चितवन कास्की लगायत देशका विभिन्न ठाउँमा पनि एमसीसी सम्झौता पत्र जलाइएको बताएका छन् ।

यता दैलेखमा पनि पार्टीको केन्दीय योजना अनुसार नेपाल सरकारले पास गर्न लागेको एमसिसि परियोजनाको सम्झौता पत्र जलाएको छ। जिल्लाका गाउँपालिका र नगरपालिकाको ५वटा ठाउँमा सम्झोता पत्र जलाईएको हो। ठाँटीकाँध गाउँपालिकामा कमरेड शँकेत र लाल बहादुर भन्डारीको
आठविस नगरपालिकामा कमरेड प्रकाश र सुद्रशनको नौमुले गाउँपालिकामा कमरेड भुपेन्द्र र गुराँस गाउँपालिकामा जिल्ला सेक्रेटरी मदुरोको नेतृत्वमा कार्यक्रम सम्पन भएको छ।कार्यक्रममा एमसिसि सम्झौता विरुद् नारा पनि लगाईएको छ।यस्तै चितवन लगायत देशका विभिन्न ठाउँमा पनि एमसीसी सम्झौता पत्र जलाइएको बताएका छन् ।
यता वाकेमा पनि युवा संगठन नेपाल भेरी कर्णाली व्युरो इन्चार्ज दिपको उपस्थितमा बाकेको विभिन्न ठाउमा बिरोध कार्यक्रम सहित सम्झौता पत्र जलाएको जानकारी दिनु भएको छ। हिजो जाजरकोटको विभिन्न ठाउँमा पनि सम्झौता पत्र जलाइएको थियो !!आजै कालिकोट जाजरकोट ,चितवन, कास्की, रुपन्देही,नवलपरासी, नवलपुर ,बाके अर्घाखाँची लगायत देशका विभिन्न ठाउँमा पनि एमसीसी सम्झौता पत्र जलाइएको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्