आज उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, लकडाउन खुकुलो बनाउने प्रस्तावलाई अन्तिम रूप दिइँदै




काठमाण्डौँ, जेठ २५
कोरोनाभाइरसको महामारी तीव्र बढे पनि आमजनताले सुरक्षा सतर्कता अपनाउँदै लकडाउन खुकुलो पार्न दबाब दिएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्तावलाई आज अन्तिम रुप दिने भएको छ । दिउँसो सिंहदरबारमा बस्ने बैठकले प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो ।

समितिले असार १ गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्तावलाई अन्तिम रुप दिने बताइएको छ । आइतबार (आज) देखि आंशिक रूपमा बजार, उद्योग व्यवसाय सञ्चालन हुन थालेपछि सरकार पनि दबाबमा परेको छ । उद्योग वाणिज्य, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका विज्ञहरुसँग चरणबद्ध रुपमा छलफल गरेपछि समितिले असार १ गतेदेखि चरणबद्ध रूपमा लकडाउन खुकुलो पार्न लागेको हो ।

दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन प्रस्ताव गरिए पनि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ । समितिले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ ।

जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी छ । प्रस्तावलाई आजै साँझ बस्ने मन्त्रीपरिषद बैठकवाट पारित गर्ने तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्