रुकुम हत्यामा ज्यान गुमाएका ६ परिवारलाई सृजनशील,बेलायतबाट सहयोग



 थाहा अनलाइन , काठमाडौ । रुकुम हत्याप्रकरणमा ज्यान गुमाउने ६ परिवारलाइ शिर्जनशिल नेपाली समाज बेलायतले रु. ३ लाख सहयोग गरेको छ । गत जेष्ठ १० गते जाजरकोटका नबराज बिक रुकुम चौरजहारीकी सुस्मा मल्ललाई बिवाहा गरि आफ्ना १८ जना साथीहरुलाई लिएर सुस्माले नै बोलाएर लिन गएका थिए । वडा अध्यक्षकै अगुवाईमा सुस्माका परिवार र गाउँले मिलेर घेरा हाली गोबिन्द बिक,लोकेन्द्र सुनार,गोबिन्द शाही,टिकाराम सुनार,सन्दिप बिक र गणेश बुढालाई कुटिकुटी हत्या गरि भेरी नदिमा फालिदिएका थिए । बाकी १२ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् । सिर्जनशिल समाज युकेका अध्यक्ष भक्त दर्जिको नेतृत्वमा मृतक परिवारलाई अहिलेको समस्यालाई मध्यनजर राखी ६ परिवारलाई रु.५० हजारको दरले सहयोग गरेका हुन। भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्ती मगरको रोहवरमा सहयोग पीडितलाई हस्तान्तरण गरिएको थियोे । सिर्जनशिल समाज युकेले पीडित परिवारलाई न्याय दिलाउनको लागि ससक्त भुमिका रहेको छ । सत्यतथ्य छानबिन र अपराधीहरुलाई कडा कारवाहीको लागि नेपाली दूतावास बेलायत मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत दिइसकेका छन् । सृजनशील नेपाली समाज बेलायत द्वारा उक्त सहयोग गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्