आजको मौसमः मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौँ । देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रहने मौसमविदले बताए । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राति देशभर सामान्य बदली रहने मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नम्बर ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्