चौरजहारी सामूहिक हत्याकाण्डका प्रतिवादी २९ जनाको बयान सकियो

५ जना प्रतिवादी अझै फरार


काठमाडौं । रूकुम पश्चिमको चौरजहारी सामूहिक हत्याकाण्डमा प्रतिवादीमध्ये पक्राउ परेका २९ जना सबैको बयान बिहीबार सकिएको छ। अधिवक्ता रामचन्द्र गौतमका अनुसार बिहीबार २९ जना प्रतिवादीको बयान सकिएको हो।

जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको चौरजहारीको सोती काण्डमा ३४ जना प्रतिवादीविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यसमा चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका अभिभावक लगायतका २९ जना पक्राउ परेका छन्।

प्रतिवादीमध्ये ५ जना भने फरार छन्। यसअघि नै नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरी र अर्का एक बालकको समेत थुनछेक बहस पूरा भई उनीहरूलाई बालसुधारमा राख्न आदेश भइसकेको छ।

तीबाहेक वडाध्यक्ष, केटीका अभिभावकसहित अन्य २७ जनाको शुक्रबारदेखि थुनछेक बहस हुने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्