सिन्धुपाल्चोकको फुल्पिङकट्टी पहिरो अपडेट- एकको मृत्यु ४ बेपत्ता, ६० जना विस्थापित



काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।

गएराति आएको पहिरोले दुई घरमा क्षति गर्दा एक घर पुर्णरुपमा क्षति भएको छ भने एउटा घर आंशिक रुपमा क्षति भएको छ ।पूर्ण रुपमा क्षति भएको घरका पाँचजना महिलालार्ई पहिरोले लगेको हो । बेपता हुनेहरुमा सोम बुटि शेर्पा वर्ष ८४, यान्जी शेर्पा वर्ष १६, छिरिङ शेर्पा वर्ष १२, सोम शाङ शेर्पा वर्ष ४८ का छन् ।

एकजना वर्ष ३५ की साङबु शेर्पाको शव भेटिएको प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।पहिरोले गर्दा एक विद्यालयमा पनि क्षति पुगेको छ । सेती देवी पञ्चकन्या आधारभूत विद्यालयको कम्पाण्डमा क्षति पुगेको छ ।

पहिरोमा परेर ६० जना विस्थापित भएका छन् । बिहानबाट पानी परिरहेको र पहिरो नजिक घर भएका १८ घरका ६० जना विस्थापित भएका हुन् ।

उनीहरु अहिले सुरक्षित स्थानमा बसिरहेका छन् । बेपत्ताहरुको खोजीका लागि शसस्त्र प्रहरी र वडाध्यक्ष साङबु शेर्पा लगायत घटनास्थल पुगिसकेका छन् । नेपाल प्रहरीलाई भने पुग्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।

उँ ठाउँमा पहिरोको कारण बाटो भत्किएकाले प्रहरी पैदल नै गएको र प्रहरी कार्यालयबाट सो स्थान पुग्ट तीन घण्टा लाग्ने हुनाले प्रहरी पुग्दैं गरेको डीएसपी काफ्लेले बताए ।

घटनास्थल तातोपानी सुख्खा बन्दरगाहबाट नजिक रहेको बताइएको छ । पानी पररहेकाले उद्धार कार्य केही कठिन समेत भएको छ । सो ठाउँमा १८ घर र एक गुम्बा रहेको छ ।

फाइल तस्बिर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्