नेपालसहित ओली-प्रचण्डबीचको छलफल बालुवाटारमा शुरु



काठमाण्डौँ, साउन १
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज फेरी छलफल शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको आजको छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभगी रहेका छन् ।

नेकपाको विवादको टुंगो लगाउन दुवै अध्यक्ष पछिल्ला केहि दिनदेखि वान टु वान छलफलमा रहेपनि सहमति हुन नसकेपछि आजको छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी भएका हुन् ।

बुधबारको छलफलमा ठोस सहमति नबनेपनि विषयकेन्द्रित छलफल भएको बताइएको छ । तर दुवै अध्यक्ष आआफ्नो अडानमा कायमै रहेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा दिन अस्विकार गर्दै पार्टीको महाधिवेशन छिटो गर्न प्रस्ताव गरेका छन् । तर अर्का अध्यक्ष प्रचण्डले भने ओलीले प्रधानमन्त्री बाटै राजीनामा दिनुपर्ने आफ्नो अडान छोडेका छैनन् ।

असार १० गतेदेखि जारी पार्टीको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीको आलोचना र राजीनामा मागको प्रकरणपछि पछिल्लो समय लगातार स्थगित हुदै आएको छ ।

पछिल्लो पटक असार २६ गतेका लागि तोकिएको बैठक साउन २ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्