दुई किलो अफिम सहित दुई जना पक्राउ



रुकुम पश्चिम
अवैध लागूऔषध अफिम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका–११ चिसापानीबाट मंगलबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले २ वटा सेतो पोलिथिनमा बेरी राखिएको २ केजी अफिम, ३ वटा मोवाइल सेट, एउटा पावर बैँक बरामद गरिएको छ । चिसापानी क्षेत्रमा अवैध लागूऔषध अफिमको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका–४ का ३४ वर्षीय विनोद रावल र सोहि नगरपालिका–२ का २९ वर्षीय टेक बहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ठक बहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ११ को चिसापानीमा रहेको ममता होटेलमा शंका मानी खान तलासि गर्ने क्रममा होटेलको माथिल्लो कोठाबाट दुई जनालाई दुई केजी अफिम सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्