मिठो निन्द्राको लागि अपानाउनुहोस यी उपाय

जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ


विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेसन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।

निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ। तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।

अनि हामी नपुगेको निद्रा पुर्‍याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ। तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्छौँ।

राम्ररि निदाउनका लागि निम्न उपाय अपनाउनु पर्छ।

-सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस्
थाल्न सजिलो छ, सधैँ एउटै समयमा सुत्न जानुहोस् र उठ्ने समय पनि नियमित होस्।

-अँध्यारोमा बस्नुहोस्
विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ। निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ। सुत्नुभन्दा एक घण्टा पहिल्यै मोबाइल, टीभी,कम्प्युटर वा नीलो प्रकाशका स्रोतहरू बन्द गर्नुहोस।

-तापक्रम घटाउनुहोस्
कोठाको तापक्रम कम राखे निद्रा पर्न सजिलो हुन्छ। प्राकृतिक रूपमै तापक्रम २४ घण्टाभित्र कहिले कम कहिले बढी हुन्छ। तापक्रम घट्दा निद्रा पनि पर्छ।

-ओछ्यान सुत्नका लागि मात्रै
सुत्न र अन्य सीमित क्रियाकलापका लागि मात्र ओछ्यानमा जानुहोस्। खाना खान, पढ्न वा खेल्न होइन।

-कफी कम खानुहोस्
कफी खानु निद्राका लागि राम्रो होइन,दिउँसो हामी कोला, कफी, चिया वा अन्य पेयपदार्थ पिउँछौँ। तिनमा हुने क्याफिन र थिनजस्ता तत्त्वले हाम्रो स्नायुप्रणालीमा रमाइलो प्रभाव देखाउँछन्।

-मदिराबारे विचार गर्नुहोस्
प्रायः मानिसहरू मदिराले निद्रा पार्छ भन्छन्। तर यो सत्य होइन। मदिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्