नबराजको नाममा सरकारले घोषणा गरेको एक लाखको भगत सर्बजित पुरस्कार परिवारले नलिने



             सरु सुनार , थाहा अनलाइन ,नबराजको नाममा सरकारले घोषणा गरेको एक लाखको भगत सर्बजित पुरस्कार नबराजको परिवारले नलिने भएका छन् काठमाडौं— नेपाली साहित्यमा योगदान पु¥याउने स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक पुरस्कार हरेक वर्ष स्रष्टाहरुलाई सम्मान गदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुरस्कार वितरण गर्दै आएको छ । ०७६ को सात विधामा स्रष्टाहरुलाई सम्मान पुरस्कार गएको असार २९ गते वितरण गरियो । विभिन्न ६ विधामा दिइदै आएको पुरस्कार ०७३ सालबाट एक विधा थपेर भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दिइँदै आएको छ । नेपाल सरकारबाट दलित समुदायमा समर्पित भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार पहिलो हो । मानव मर्य्यादा पुरस्कार २०७७ मा भने नबराज बिकलाई  मृृत्युपरान्त सरकार दिने घोषणा  गरेको छ नबराजको हत्या पछि सरकारले घोषणा गरेको एक लाखको भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार नबराजको परिवारले बहिस्कार गरेका छन् ।
गत जेष्ठ १० गते अन्तरजातीय प्रेम र बिवाहाको कारण जाजरकोट राना गाउका नबराज बिक सहित ६ जनाको निर्मम हत्या भएको थियोे ।रुकुम चौरजहारीकी मल्ल थरकी केटी सगको प्रेम परिवारले स्वीकार गरेको थिएन ।
कथित तल्लो जात भनिएको कारण नै उच्च जातको केटीसगको प्रेम उनको मृत्युको कारण बन्यो ।
उनी मात्र प्रेम गर्दा मृत्यु उपहार पाएनन् उनका निकट साथीहरु जुन उनी सगै चौरजहारी गएका थिए । गणेश बुढा, लोकेन्द्र सुनार , टिकाराम सुनार, सन्जु बिक गोबिन्द शाहीलाई नबराज सगै हत्या गति भेरी नदिमा फालेका थिए । किटानी जाहेरी ३४ जनालाई परे पनि अन्य घटनामा सम्लग्नहरु प्रकाउ पर्न सकेका छैनन् उक्त घटनामा घाइतेहरु जुन १२ जना बाँच्न सफल भए उनिहरुको भनाई अनुसार करिब ३०० जनाले घेराउ गरि आफुहरु माथी आक्रमण गरेको र सबैले घरेलु हतियार हसिया , बन्चरो , खुकुरी , दाउरा बोकेका थिए।
हत्यारालाई कारवाहीको माग गर्दै देश भरी आन्दोलन चर्कियो , विभिन्न संघ सस्था मानव अधिकार आयोग देखि संसदीय छानबिन समिति बनाइ घटनाको स्थलगत अनुगमन सगै प्रतिबेदन सार्बजनिक भएको छ तर हत्याको मुख्य योजनाकार भनिने प्रकाशी मल्ल रु १ लाख धरौटीमा रिहाई हुनु र अन्य ४ जना साधारण तारिखेमा छुट्नुले पीडित परिवार न्याय नपाइने हो कि भनी त्रसित छन् ।
अनुसन्धानको क्रममा घटना हुँदा हत्यारालाई सजायको अन्तिम फैसला नहुदा नै नेपाल सरकारले भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार रु जनही एक लाखको नबराजको हत्या पछि मृत्युुपरान्त नबराजलाई सो पुरस्कार दिने घोषणा गरेको छ ।
नबराजका बुवा आमाले भने छोराको लासलाइ एक लाख पुरस्कार सरकारले दिएर झनै आलो घाउमा पीडा दिएको भन्दै ” हामीलाई न्याय चाहिएको हो छोराको लासलाई पुरस्कार होइन , हामीलाई न्याय चाहिएको हो । सरकारले यो बेला छोराका हत्यारालाई कारवाही गरोस् हाम्रो माग पैसा होईन न्याय हो ।
यदि सरकारले न्याय नदिएर हामीलाई न्याय पैसामा बेच्ने हो भने सरकारले दिएको पैसाले आफै आगो लगाएर आत्महत्या गर्ने छु यो एक लाखको संमान म लिदिन ” मेरो छोरा मात्र होईन यहाँ ६ जना छोराको हत्या भएको छ यदि सरकारले राहत र समान गर्दा ६ जना परिवारलाई नै गर्नु पर्छ मेरो छोराको नाममा मात्र होइन ।
छोरा गुमाएका सन्जु बिक , गणेश बुढा , गोबिन्द शाही , लोकेन्द्र सुनार , टिकाराम सुनारको आमा बुवा र परिवारले समेत सरकारले नबराज को नाममा दिएको पुरस्कारको बिरोध गरेका छन् र सरकारले यदि पुरस्कार गर्ने हो भने सबैलाई गर्नु पर्छ नत्र विभेद गर्न पाइदैन भनी गुनासो ब्यक्त गरेका छन् ।
नबराजका आमा बुवाले यो पुरस्कार बहिस्कार गर्ने घोषणा समेत गरेका छन् । https://youtu.be/P-HYSfDFQhM

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्