नृत्य निर्देशक स्व. गोरनबहादुर चाैधरीको श्रद्धाञ्जली सभा सम्पन्न



ओमप्रकाश गुप्ता, सिसहनियाँ /०६ साउन ।
स्व. नृत्य निर्देशक गोरनबहादुर चाैधरीको श्रद्धाञ्जली सभा कार्यक्रम मंगलबार उनकै निवास लमही नगरपालिका ६ लङडीमा सम्पन्न भएको छ । राष्ट्रिय थारू कलाकार मञ्च दाङको आयोजनामा सभा सम्पन्न भएको हो ।

मञ्चका जिल्ला अध्यक्ष शालिकराम चाैधरीको अध्यक्षता एवम् राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय सदस्य विर चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरूले एक असल, कर्मठ, इमानदार कलाकार गुमाएकोमा चिन्ता व्यक्त गर्दै उनले देखाएको बाटोमा हिड्न सुझाव दिएका थिए ।

मञ्चका सदस्य होसहरण चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको सभामा थारू गायिका सोमती चाैधरी, म्युजिक कमेडीका डाइरेक्टर सुधराम चाैधरी र पत्रकार ओमप्रकाश गुप्ताले शोक मन्तव्य व्यक्त गरेका थिए । स्व. चाैधरीको जिवनी बारे शिक्षक शेरबहादुर चाैधरीले जानकारी गराएका थिए । भने कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजेन्द्र चाैधरीले गरेका थिए ।

सभामा कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया र कैलालीका कलाकारहरूको सहभागीता रहेको थियोे । स्व. चाैधरीको असार २३ गते ३८ वर्षको उमेरमा काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । २०३९ कार्तिक १५ गते दाङ देउखुरीको लमही नगरपालिका ६ लङडीमा जन्मिएका चाैधरीले थुप्रै गित तथा म्युजिकमा अभिनय, नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम छमछमीमा समेत प्रतिस्पर्धा गरेका थिए र कोरियोग्राफरको काम समेत गरेका थिए ।

उनले देश विदेशमा समेत आफ्नो पहिचान बनाइसकेका छन् । भने पछिल्लो समय उनी नाचघर काठमाडौंमा नृत्य निर्देशकको काम गर्दै आएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्