आज देखि लागु हुने गरि डिजेल र पेट्रोलको मुल्य बढ्यो



काठमाडौं / १८ साउन ।
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटरमा दुई रुपैयाँ मुल्य बढाएको छ । निगमले शनिवार राती १२ बजेदेखि लागु हुने गरी डिजेल पेट्रोलमा प्रतिलिटर दूई रुपैयाँ मुल्य बढाएको हो ।

इन्डियन आयल कर्पाेरेशन(आइओसीं)ले १अगष्टमा पठाएको मुल्य बढेर आएकाले स्थानीय बजारमा मुल्य बढाइएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मुल्य अनुसार अव पेट्रोल एक सय ४ रुपैयाँ र डिजेल-मट्टितेल ९० रुपैयाँ पुुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले त्यसको प्रत्यत्क्ष प्रभाव स्थानीय बजारमा पर्न गएको निगमको भनाई छ ।

प्रतिलिटरमा दुई रपैयाँ मुल्य बढाउँदा पनि पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा रहेको उपाध्यायले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्