तीन दिन ठूलाे वर्षामा कमी, काठमाडौँमा यो वर्षकै उच्च गर्मी



काठमाडौं / २२ साउन।
आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तीन दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको अबको तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

वर्षामा कमी आएसँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा यो वर्षकै सबैभन्दा बढी ३३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ ।

त्यसैगरी सबैभन्दा बढी विराटगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दिपायलमा ३७ डिग्रीमाथि तापक्रम पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्