अख्तियारका थप २२ कर्मचारीमा कोरोना संक्रमण



काठमाडौं / २२ साउन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

मंगलबार १५ सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि संकलन भएको स्वाब परीक्षण रिपोर्टमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो।

१५ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अख्तियारका आयुक्तसहित सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको थियो।

स्वाब संकलनपछि भएको परीक्षणमा थप २२ जनामा संक्रमण पुष्टि भएपछि अख्तियारमा मात्र कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३७ पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्