दाङमा पनि मनाईयो वन दिवस, वनकर्मी निर्वाचित भएपनि समस्या उस्तै



टेकबहादुर पुन

दाङ । ‘समृद्धिका लागि सामुदायिक वन : उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने नाराका साथ देशैभर सामुदायिक वन दिवस मनाईएको छ ।

दाङको देउखुरी स्थित बन महासँघ लमही नगर कमिटिले पनि आईतबार बिबिध कार्यक्रम गरि मनाएको छ । कर्रि सामुदायिक वन उपभोक्ता समिति लमही-७ बनघुस्रीको सहयोगमा बन दिवस मनाईएको हो । बन महासँघ लमही नगर अध्यक्ष लक्ष्मी योगीको अध्यक्षता तथा कर्रि सामुदायिक बनकि उपाध्यक्ष देवा वलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले बनको महत्व, आबश्यक्ता र चुनौतीका बिषयमा आ-आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

कर्रि सामुदायिक बन बनघुस्रीका सचिब हरिराम चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा गुप्ती सामुदायिक बन लमही ९ हर्दवाका सचिब अमर कुवर ‘नवीन’, स्वर्गद्वारी हरियाली सामुदायिक बन लमही ७ का सचिब निरज सिँह ठकुरी, उचानिम्बु सामुदायिक बन लमही ८ का गौरी चौधरी, कर्रि सामुदायिक बनका सल्लाहकार रण बहादुर घर्ती मगर लगायतका बक्ताले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बन महासँघ लमही नगरका सचिब किशोर घर्ती मगरले गर्नुभएको थियो ।

नेपालमा कहिलेदेखी शुरु भयो बन दिवस?

वि. सं. २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको थियो । सोही दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाउँदै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ‘फेकोफन’ले जनाएको छ । यद्येपी यो भन्दा अघि सामुदायिक बनहरु हस्तान्तरण भएका थिएनन् । नेपालमा बन दिवस मनाउन थालिएको ४ दशक अघिदेखी मनाउन थालिएको हो ।

दिवसका अवसरमा यही साउन १९ देखि २५ गतेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी विभिन्न कार्यक्रम गरिएको फेकोफनका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।

सन् २०१२ मा संयुक्त राष्ट्र सङ्घ महासभाले २१ मार्चलाई अन्तर्राष्ट्रिय वन दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुरुप हरेक वर्ष वनको महत्त्वको बारेमा जनचेतना फैलाउने उदेश्यले विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउने चलन रहि आएको छ ।

नेपालमा कति छन सामुदायिक बनहरु?

हाल देशैभर २२ हजार २ सय ६६ सामुदायिक वन हस्तान्तरण भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ‘फेकोफन’को तथ्याङ्कमा उल्लृख छ । जसमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरीले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर बनक्षत्र व्यवस्थापन गर्दै आएको फेकोफनले जनाएको छ ।

स्थापनाकाल देखि सामुदायिक वन अभियान नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित भएको मानिन्छ । यस अभियानले वन संरक्षण, सम्वद्र्धन र सदुपयोगमा पनि महत्वपूर्ण भुमिका खेलेको पाईन्छ ।

नेपालका सामुदायिक वन उपभोक्ता समूह महिला सहभागिताका लागि नमूनाका रुपमा लिइन्छन् । हाल करीब एक लाख ५० हजार महिलाले सामुदायिक वनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । देशभरका २२ हजार २ सय ६६ सामुदायिक वनमध्ये १ हजार १ सय भन्दा बढीमा त सत प्रतिशत महिला सहभागिता छ ।

वनकै अभियानकर्मी निर्वाचित भएपनि समस्या उस्तै ।

सामुदायिक वनका अभियानकर्मी स्थानीय, प्रदेश र सङ्घीय सरकारमा करीब दुई हजारभन्दा धेरै निर्वाचित भएका छन् । तर उपभोक्ता समूहले वर्षौदेखि उठाउँदै आएको केही सवालहरु अझै सम्बोधन हुन सकेका छैनन् । करीब छ हजार सामुदायिक वन उपभोक्ता समूहका कार्ययोजना परिमार्जन हुन नसकेको र त्यसले सामुदायिक वनलाई नियमित रुपमा वन व्यवस्थापन गर्न वञ्चित हुनुपरेको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

वनको व्यवस्थापन दिगो कि वैज्ञानिक भन्ने विषयमा सरकार र समुदाय तथा विज्ञको बीचमा विवाद अहिले पनि कायमै छ । वनको दिगो व्यवस्थापन नै नेपालका निम्ति उच्चतम सिद्धान्त भएको सामुदायिक वनहरुको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि चुरे व्यवस्थापन, संरक्षण क्षेत्र, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा समुदायको अधिकार प्राप्त हुन नसकिरहेको फेकोफनले आरोप लगाएको छ ।

सरकारले सामुदायिक वनबाट लिन खोजिएको त्यहोरो करमध्ये सङ्घीय सरकारले लिइरहेको १५ प्रतिशत कर हटाइए पनि केही प्रदेश र स्थानीय सरकारमा पुनः व्यवस्था गरिएकाले उक्त कर हटाउने विषयमा सरकारसँग नियमित छलफल भइरहेको फेकोफनको भनाई छ ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्