कोरोनाबाट वीरगन्जमा एक महिलाको मृत्यु



वीरगन्ज / २६ साउन ।
वीरगन्जमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको निधन भएको छ ।

४५ वर्षीया महिलाको मृत्युपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उनको उपचारको क्रममा निधन भएको हो ।

अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार यी

महिलालाई पहिले नै उच्च रक्तचाप र थाइराइडको समस्या थियो ।

योसँगै वीरगन्जमा मात्र साउन महिनामा १८ जनाको निधन भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्