नेपालगन्जका चारै नाका सिल, सेना परिचालन



नेपालगञ्ज / २६ साउन ।
बाँके जिल्ला र विशेषगरि नेपालगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिदै गएपछि सुर्खेतरोड पूर्वको क्षेत्रलाई चार किल्ला कायम गरी गएराति देखि शिल गरिएको छ ।आज विहानैदेखि कडाई गर्दै अनावश्यक हिँड्डुललाई पूरै नियन्त्रण गरिएको छ ।

नेपालगञ्जको बढी जोखिमयुक्त क्षेत्रलाई शिल गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा निगरानी बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौताराहुँदै बाँकेगाउँ, बाँकेगाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र मंगलबारसम्म पूर्णरुपमा शिल गरिएको छ ।

शिल गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्