चार्टर्ड र नियमित उडान तालिका सार्वजनिक



काठमाडौं /१० भदौ ।
सरकारले पूर्वघोषणा गरे अनुसारको मितिबाटै अन्तर्राष्ट्रिय उडानका नियमित तथा चार्टर्ड उडान गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार उडानका तालिका नै सुार्वजनिक गरेर भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडानबारे जनाएको छ ।

अब सो तालिका अनुसार विभिन्न मुलुकबाट उडान हुनेछ । सरकारले बताएको तालिकालाई मिलाएर दुवै उडान तय गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

नियमित र चार्टर्ड उडान गरी भदौ १६ देखि असोज १४ गतेसम्म जम्मा ८७ उडान हुनेछन् । तालिका अनुसार भदौ १७ अर्थात सेम्टेम्बर २ देखि ३० सम्म नियमित उडान हुनेछन् ।

त्यस्तै सेम्टेम्बर २ देखि ३० सम्म ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने तालिकामा जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्