मलेसियाबाट काठमाडौंका लागि हवाई उडान चालु हुने



काठमाडौं । मलेसियामा लपपत्र परेका नेपाली अब नेपाल फर्कन सजिलो भएको छ । मलेसियाका लागि नेपाली राजदूतावासले क्वालालाम्पुरदेखि काठमाडौंसम्म हवाई उडानको स्वीकृति पाएपछि नेपाल आउन चाहने नेपालीका लागि यो अवसर प्राप्त भएको हो ।

मलेसियाका लागि नेपाली दूतावासले एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । यसबाट मलेसियाबाट नेपाल आउन चाहनेहरुका लागि सजिलो हुने भएको छ । तर दूतावासले जारी गरेको सूचनामा क्वालम्पुरबाट नेपाल आउन चाहने यात्रुले कोरोनाभाइरसबाट बच्नकालागि अपनाइने सबैप्रकारका सुरक्षाका नियमहरु भने पालना गर्नुपर्ने जनाइएको छ ।

जारी सूचनाको पहिलो नम्बर बुँदामा टिकट काटेर बसेका यात्रुले आफूले टिकट लिएको ट्राभल एजेञ्सीमा सम्पर्क गरी आफै टिकटको व्यवस्था गर्नुपर्ने बताइएको छ । त्यसैगरी सूचनामा कोभिड–१९ को पिसीआर रिपोर्ट नेगेटिभ रहेको (७३ घण्टा भित्र) यात्रुले मात्र यात्रा गर्न पाउने प्रावधान रहेको र पिसीआर बाहेकका रिपोर्ट मान्य नहुने पनि उल्लेख गरिएको छ ।

त्यसैगरी दूतावासले दूतावासमा उपलब्ध अनलाईन फारम भरेर प्रिन्टगरी साथै लिन पनि सूचनामा जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्