भित्री बस्त्रको छनौट गर्दा अपनाउनुस सजकता



प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ ।भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । कस्तो रंगको भित्री बस्त्र ? यो प्रश्न हामीलाई अर्थहिन लाग्छ । तर, चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुने बताउँछन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।

टाउको दुख्ने समस्या
गलत फिटिङ भएको ब्राले तपाईंको गर्दन र पछाडिको मांशपेशीहरुलाई सपोर्ट गर्दैन । जसले कांँधको पीडा बढ्छ र त्यसको सोझो असर तपाईंको टाउकोमा पर्छ

निस्सासिनु
केही महिलाहरुमा सास फेर्न गाह्रो हुने समस्या पनि हुन्छ । त्यसको कारण गलत साइजको ब्रँ लगाउनु हो । गलत साइजको ब्रा लगाउनाले निस्सासिएको महसुस हुन सक्छ र शरीरमा रक्त प्रवाह कम हुन सक्छ ।

स्तनपान गराउने आमा
स्तनपान गराउने आमाहरुले प्रायः बच्चाहरुलाई स्तनपान गराउने क्रममा सानो साइजको ब्रा लगाउँछन् । जसले छातिमा दबाव हुन्छ र स्तन भारी भएका कारण महिलाहरु झुक्छन् । त्यस्तो झुकावले ढाडको हड्डीमा दवाब पर्छ र ढाड दुख्न थाल्छ ।

गर्दनको पीडा
कांँध र गर्दन दुख्नुको कारण कसिलो ब्रा र त्यसको स्ट्रिप्स हो । त्यसैले सधैं आफ्नो स्तनको साइज अनुसारकै ब्राको छनोट गर्नु पर्छ ।

स्तन क्यान्सर
हिजोआज महिलाहरुमा स्तन क्यान्सर समस्या धेरै हुन थालेको छ । अत्यधिक कसीलो ब्रा लगाउनाले रक्त सञ्चार रोकिन्छ र स्तन क्यान्सरको कारण बन्छ । त्यसबाहेक ब्रेस्ट लिगामेन्ट क्षति हुने खतरा पनि बढ्छ ।

छाला सम्बन्धी समस्या
कतै तपाईंको स्तन वरपर स–साना फोकाहरु त छैनन् ? यदि त्यस्तो समस्या छ भने त्यसको कारण तपाईंले प्रयोग गर्नु भएको अत्याधिक कसिलो अथवा खुकुलो ब्रा हुन सक्छ । त्यसले गर्दा तपाईंलाई फंगल इन्फेक्सन पनि हुनसक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्