यो साता विदेशमा कोरोनाबाट तीन नेपालीको मृत्यु



काठमाडौं /१४ भदौ।
कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एकजना र युएईमा दुई जनाको निधन गएको हो ।

शनिवार साँझसम्म विदेशमा मात्र १६ देशका १९५ नेपालीहरुको निधन भएको छ । साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो चरण सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा नेपालीहरुको ज्यान गएको छ ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार सात सय एक जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्