कुन महिनामा जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस !



कर्म नगरी कोहि पनि धनी बन्न सक्दैन । धर्म शास्त्रको अनुसार जो मानिस निरन्तर आफ्नो कर्म गर्छ उसलाई भाग्यले पनि साथ दिने गर्छ। त्यसैअनुरुप यी महिनामा जन्मने मानिसलाई धनवान हुन बाट कसैले रोक्न सक्दैन:

बैशाख
बैशाख महिनामा जन्मने मानिस धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।

जेठ
जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयुका हुन्छन् ।

असार
यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

साउन
यो महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने हुन्छन् ।

भदौ
यो महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

असोज
असोज महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, गुणवान र धनी हुने गर्दछन् ।

कार्तिक
यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट स्वभावका हुने गर्दछन् ।

मंसिर
यो महिनामा जन्मिएका मानिसहरु धर्ममा विश्वास राख्ने, मिठो बचन बोल्ने, धनवार र निकै मिलनसार हुन्छन् ।

पुस
यो महिनामा जन्मिने मानिसहरु देवताहरुलाई नमान्ने निडर, कठोर र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

माघ
यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने हुन्छन् ।

फागुन
फागुन महिनामा जन्मिने मानिसहरु अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।

चैत
यस महिनामा जन्मिने मानिस अहंकाररहित, राम्रो कर्म गर्ने र रिसाहा हुने गर्दछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्