पूर्व जनमुक्ति सेना नेपालकि कमान्डर सम्झना बि.क.को कविता ‘ए भोक’



भोक केहो
खान नपाउनेलाइ था हुन्छ
अँध्यारो रात कोल्टो फेर्दै काटेर
बिहानिले उज्यालो नछिचुलदै
कम्मरमा बरियो बोकेर
कामको खोजिमा
गल्ली गल्ली घाउछ
उ श्रमिक हुन्छ
दिनभरी काम गरेर
साज बिहानको छाक टार्दै भोक मेटछ
आज भोलि कोरोनाको कहरछ
सजिलै काम कहाँ पाउछ र
निन्न्याउरो मुखलियर
रित्तो हात रित्तो मनसङ्ग
साज पख घर फर्किन्छ
कति पिडा हुन्छ उसलाइ
भोक पचाउदै
बाबाको पर्खाइमा
बसेका नाबालक र उसकी
प्यारिले जब उसको मुखमा
पुलुक्क हेर्दै आशाको नजर आफुमाथी तेर्साछन
उ गलानीले थिलो थिलो हुन्छ
मुटु गाठो पार्दै भित्र भित्र रुन्छ
ए भोक श्रमिकलाइ
किन लाग्छ्स
श्रमिकलाइ त रोगनै लागिदे बरु
रोगले छिटटै लग्यो भने
भोकबाट त बचौला
मन भित्रै उसले भन्छ
भोकको पीडा कस्तो हुन्छ
खान नपानेलाइ थाहुन्छ
भोक केहो केथा
जिउनार गर्नेहरुलाइ
भोक कस्तो हुन्छ
थाहा हुदैन सोखले भोजन
गर्ने हरुलाइ
ए भोक श्रमिकलाइ
किन लाग्छ्स
भोक उसैलाइ लाग
श्रमिकको रगत पसिनाका
थोपाहरुमा खेलावाड गर्दै
धोकादारी बेइमानीमा
मस्ती गर्नेहरुलाइ
अघाउनजेल खाउन
श्रमिकको पसिना
श्रमिकहरुको आसु
श्रमसङ मिसियको रगत
झुसिलो डकार्दै खाउन
उ भोकै मरोस
उ श्रमिक हो
उ मजदुर हो
मान्छेको दर्जामा पर्दैन उ
उसको पेट भोकै भएर केभो
उसको मन हुदैन
उसको भावनाछैन
उ सडकमै ढ्लोस
यात्रामै मरोस
त्यो दृश्यले उनि महामहिमलाई छुदैन
उनि रात्रि भोजमा हुन्छन
डिनर गर्छन लन्च लिन्छन
एक मजदुर मरयोत केभो
बाल मतलब
उनिहरुको नाता आफ्न्त अघि पछि हुन्छन
ए भोक ए मजदुरहरुको भोक
श्रमिकहरुको भोक
भोक धेरै दिन खटदैन
भोक सहन गारो हुन्छ
आधिको झोकमा बदलिन सक्छ
तुफानको बेगमा उर्लिन सक्छ
भोक खतरनाक हुन्छ
ख्याल राख महामहिम
भोको पेट अन्धो बन्छ
अन्धो बन्यो भने
श्रमिकले पेट भर्ने रासन होइन
काम नपाउदा खान पाउने
सासन बेब्स्था खोज्छ
हो महामहिम ख्यलराख
भोक खतरनाक हुन्छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्