मेरी आमा



धनसरा माझकोटी

शिघ्रस्वास्थ लाभको कामना गर्ने धेरै छ्न यो बिरानो शहरमा आमा ।।

छैनन तिम्ले जत्ती ख्याल गर्ने यो बिरानो शहरमा आमा ।।

बाहिरि हासो देख्ने धेरै छ्न यो बिरानो शहरमा आमा ।।

छैनन मन रोको देख्ने तिमी झै अरु यो बिरानो शहरमा आमा।।

के छ सन्चो भयो भन्ने धेरै छ्न यो बिरानो शहरमा आमा।।

छैनन भोक निन्द्रा नभनी मेरो लागि समय बिताऊने यो बिरानो शहरमा आमा ।।

औसधि गर्न जानुपर्छ त भन्ने धेरै छ्न यो बिरानो शहरमा आमा।।

छैनन हिड छोरी जाम औषधि गर्न भन्ने तिमी झै यो बिरानो शहरमा आमा।।

बिरामी भए नि काम त गर्नु पर्यो भन्ने धेरै छ्न यो बिरानो शहरमा आमा।।

छैनन सन्चो छैन आज आराम गर भन्ने तिमी झै यो बिरानो शहरमा आमा।।।

जाबो बिरामी हुदा नि कति रोको भन्ने धेरै छ्न यो बिरानो शहरमा आमा।।

छैनन त रोइ भने म पनि रोइदिन्छु भन्ने यो बिरानो शहरमा आमा।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्