चिठी ले खामको खोजीमा छु -लक्ष्मण रसाईली



तिर्खा लाग्यो सार्है,पानीको खोजीमा छु
आजभोलि म त् ,नानाको खोजीमा छु ,

सदैब दु:ख पाउनु रहेछ मैले
एक दिन ऐश आरामको खोजीमा छु,

आखिर जिन्दगी हो,धोका पाउनु नै रहेछ मैले
उनी भन्दा जीबन संगीनीको खोजीमा छु,

प्यारीका सपना रातभर कोरकार गरी
एउटा चिठी लेखे,खामको खोजीमा छु,

उनीले मलाई सम्बन्धमा जति दुश्मनी गरेपनि
उनि सामु उज्यालो त्यो बाटोको खोजीमा छु ,

आफु भित्र आफै जंगारमा हराए म
मान्छे होइन त्यहि नामको खोजीमा छु !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्